पोखरा, १२ माघ २०८० /
सेवाग्रहिसंग घुस लिंदालिंदै नेपालगंजबाट एक जना सहायक वन अधिकृत रंगेहात पक्राउ परेका छन्। बाँके जिल्लास्थित सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्रहिसंग घुस लिंदालिंदै रंगेहात पक्राउ परेका हुन्।
उनलाई बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपियाँ घुस रकमसहित समातिएको अख्तियारले जानकारी दिएको छ। उनी संग थप ४५ हजार नौसय ७५ रुपियाँ थप स्रोत नखुलेको रकम पनि फेला पारिएकाे प्राप्त जानकारीमा उल्लेख छ।
काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै वन अधिकृत पार्देले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।