कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अधेरीखोलाबाट अबैध रुपमा ढुङ्गा लोड गरिरहेका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अधेरीखोलाबाट अबैध रुपमा ढुङ्गा लोड गरिरहेका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० माघ २०८०
  • 4.8K
    Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अधेरीखोलाबाट अबैध रुपमा ढुङ्गा लोड गरिरहेका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

पोखरा, १० माघ २०८० /

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधेरीखोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ ।

अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी भएको सूचनापछि अस्थायी प्रहरी चौकी बाम्दीबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्याक्टरलाई मंगलबार नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो ।

ग १ त ५२९० र ग १ त ६२१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण गाउँपालिकामा बुझाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया