क्रिकेटर सन्दीप लामिछानेद्वारा वलात्कृत युवतीको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवा पक्राउ

क्रिकेटर सन्दीप लामिछानेद्वारा वलात्कृत युवतीको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ माघ २०८०
  • 23.3K
    Shares

पोखरा, ३ माघ २०८० /

क्रिकेटर सन्दीप लामिछानेले वलात्कार गरेको भनिएकी युवतीको फोटो सामाजिक संजालमा सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पिडित युवती परिवर्तित नाम गौशाला २६ को फोटो सामाजिक संजालमा सार्वजनिक गरेको आरोपमा संखुवासभाको साविक दिदिङ-३ हाल चिचिला गाउपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीया केशरमान राईलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। । अभियुक्त राइबिरुद्ध विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको पनि एसएसपी अर्यालले बताए।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको उनले बताए । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार आठ वर्ष वर्ष जेल सजाय र पांच लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

जिल्ला अदालत काठमाडौंले पुष १३ गते क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

२०७५ साल भदौ ५ गते बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडितलाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यसक्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया