कैलालीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको निधन

कैलालीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ पुष २०८०
  • 5.9K
    Shares

पोखरा, २६ पुष २०८०/

कैलालीस्थित चिसापानी-कुइने सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको निधन भएको छ। अछामबाट बर्दिया आउने क्रममा मोहन्याल गाउँपालिका-७ हावा लाग्ने डाँडामा भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तिको निधन भएको हो।

उक्त दुर्घटनामा परेर अछामको पञ्चदेव विनायक नगरपालिका-१ का अन्दाजी ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी ३४ वर्षीया श्रीमती मैसरा तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल अन्दाजी तीन सय मिटर तल कर्णाली नदीमा खसेको इलाका प्रहरी कार्यालय चिसापानी जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया