सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन

सीमा क्षेत्रका ११ सय जंगेपिलर भारतले गायव पार्दा पनि सरकार मौन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ बैशाख २०७३
  • 11.7K
    Shares

नेपाल–भारत सिमाना छुट्ट्याउने १ हजार १०० सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् ।    भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी–पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासीनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको छ ।

नापी विभागको तथ्यांकअनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा अतिक्रमण भएको छ । नेपाल र भारत सीमा १ हजार ८८० किमी छ, जसको सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल खटाएको छ । तर, नेपालको सशस्त्र प्रहरी बलका करिब ५ हजारमात्रै सीमा सुरक्षामा तैनाथ छन् ।   प्रत्येक एक किमी दूरीमा एसएसबीका २० देखि २५ जना फौज तैनाथ छन् । तर, नेपालको सशस्त्र प्रहरी बल दशगजाबाट तीन किमीभित्र प्रत्येक एक किमी दूरीमा ४ देखि ६ जनासम्म परिचालित छन् ।   सरकारले आर्थिक वर्ष ०७३र७४ का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा हराएका सीमा स्तम्भ एक वर्षभित्र पुनःस्थापना गरिसक्ने उल्लेख छ । तर, विवादित क्षेत्र टुंगो नलाग्दा कार्यान्वयन मुस्किल रहेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया