इलाका प्रहरी कार्यालय भिमगिठ्ठेका तत्कालिन प्रमुख बरिष्ठ सई उज्ज्वल पौडेल हत्या प्रकरण : साढे तीन महिना पछि सुनार पक्राउ

इलाका प्रहरी कार्यालय भिमगिठ्ठेका तत्कालिन प्रमुख बरिष्ठ सई उज्ज्वल पौडेल हत्या प्रकरण : साढे तीन महिना पछि सुनार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ असोज २०८०
  • 3.3K
    Shares

बरिष्ठ सई उज्ज्वल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बिशाल सुनार

ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङका तात्कालिन प्रमुख बरिष्ठ सई उज्जल पौडेलको हत्या भएको करीब साढे तीन महिना पछि थप एक जना युवा उनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ६ खाल बजारस्थित आशा होटल एण्ड खाजा घरमा गएको साउन ८ गते बरिष्ठ सई पौडेलको भएको हत्यामा सङ्लग्न रहेको आरोपमा सोही ठाउँका १९ वर्षीय बिशाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेलको गत साउन ८ गते जिल्ला बागलुङ बडिगाड गाउँपालिका वडा नं. ६ खाल बजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोहि होटल सञ्चालिका आशा कुँवर र निजको छोरा बिनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरि हत्या गरेका थिए ।

होटल संचालिका आशा कुँवर र उनको छोरा बिनोद कुँवर बागलुङ् जिल्ला पुर्पक्षमा रहने गरी बागलुङ जिल्ला कारागारमा बन्दी जीवन बिताई रहेका छन्। तर सोही हत्या प्रकरणको अनुसन्धान गरिरहेको बागलुङ प्रहरीले सो हत्यामा संलग्न रहेको खुलेपॉछि बिशाल सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

अभियुक्त सुनारबिरुद्ध बागलुङ जिल्ला अदालतबाट ज्यान सम्बन्धि कसूरमा शुक्रबार म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.ले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार