रसुवामा आलु बोकेको आइसर गाडी दुर्घटनाग्रस्त : तीन जनाको मृत्यु, पांच जना घाइते

रसुवामा आलु बोकेको आइसर गाडी दुर्घटनाग्रस्त : तीन जनाको मृत्यु, पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ असोज २०८०
  • 3.8K
    Shares

दुर्घटनाग्रस्त आलु बोकेको गाडी फाइल फोटो

रसुवाको नेसिङ खोलामा आलु बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य पांच जना घाइते भएका छन्। आमाछोरिङ्मो-२‚ नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी आमाछोरिङ्मो २ स्थित नेसिङ खोलामा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ भएको रसुवा जिल्लाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका पांच जनालाई थप उपचारका लागि ल्याइएको डिएसपी बुढाथोकीले बताए ।

गाडी सडकबाट करिब दुईसय मिटर तल खसेको र गाडी दुर्घटनाको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार