दाङको तुलसीपुरमा दम्पत्ति मृत भेटिए

दाङको तुलसीपुरमा दम्पत्ति मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ असोज २०८०
  • 1.6K
    Shares

मृत जोडी

दाङको तुलसीपुरमा एक दम्पत्ति मृत भेटिएका छन्। सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई हाल दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा लिएर बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उनकी अन्दाजी २१ वर्षीया श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत अवस्थामा भेटिएका हुन्।

शनिबार बिहान १० बजे ढोका बन्द गरेको अवस्थामा श्रीमान पंखामा झुन्डिएको र श्रीमती खाटमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए। शुसिलले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार पवित्राको शरिरमा चोट देखिएपनी धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार