ज्यान मार्ने उद्योग मुद्दामा फरार भट्टराई २२ वर्ष पछि देवघाटबाट पक्राउ, तनहुँ जिल्ला कारागार चलान

ज्यान मार्ने उद्योग मुद्दामा फरार भट्टराई २२ वर्ष पछि देवघाटबाट पक्राउ, तनहुँ जिल्ला कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ असोज २०८०
  • 3K
    Shares

अमृत प्रसाद भट्टराई

ज्यान मार्ने उद्योगमा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ राइपुर घर भई हाल देवघाट गाउँपालिका–१ बस्ने अमृतप्रसाद भट्टराई रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

निजलाई लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई २२ वर्षपछि पक्राउ गरेको हो ।

निज विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्धा चली तनहुँ जिल्ला अदालतले विसं २०५८ भदौ ८ गतेको फैसलाले तीन वर्ष दुई महिना १७ दिन कैद भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि तनहुँ अदालत पेश गरिएकामा उनी कारागार चलान भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार