पोखरा महानगरपालिकाको वडा नम्बर २५ हेम्जामा आज गरिएको बजार अनुगमनका क्रममा चार वटा खाद्य पसलहरुलाई कारबाही गरिएको छ। पोखरा महानगरपालिकाले गरेको अनुगमनका क्रममा पोखरा २५ मा सञ्चालनमा रहेको कृषब ट्रेडस र न्यु अधिकारी ट्रेड्सलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । मासुु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुुख भरतराज पौडेलले जानकारी दिए ।
फरक नामबाट दुुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मुल्यसुची नटाँसेको चिनीको खरिद बिल देखाउन नसकेको र बढि मुल्यमा विक्री गरेको देखिएको, पोखरा महानगरपालिकाको दर्ता तथा नविकरण नगरेको, बहाल कर नतिरेको, किलोकाटा दर्ता नगरेको भेटिएपछि जरीवाना गरिएको पोखरा महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ को (क) अनुुसार पाँच हजार जरिवाना गरिएको पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकालले बताए । कृषव टे«डस र न्यूु अधिकारीका सञ्चालकद्धय बसन्त अधिकारी र कविता शर्मा तिवारीलाई एक साताभित्र वाणिज्य विभाग, नापतौल उपस्थित हुन र महानगरमा आइतबार उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।
त्यस्तै पोखरा २५ मै रहेको गुुरुङ किराना स्टोर्समा व्यवसाय नविकरण नगरेको, लेबल नखुुलेको गेडागुुुडी, खाद्य सामाग्री, मुख्यसुुची नभएको र खाद्य सामाग्री तथा अल्कोहलसंगै राखेर विक्री वितरण गरेको पाइएकाले जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा तीनदिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
पोखरा २५ कै मिलाप स्टोर्समा अनुुगमन गर्दा सरसफाई नभएको, साइनबोर्ड नभएको, महानगरमा बहालकर र ब्यवसाय कर नतिरेको भेटिएकाले वडा कार्यालयमा उपस्थित हुुन लिखित पत्र दिइएको महानगर सहकारी उद्योग शाखा प्रमुुख भरतराज पौडेलले बताए ।
यता पोखरा २५ कै दवाडी पुजा सामाग्री भण्डारले बिक्री वितरण बन्द गरिएको प्लाष्टिकका फुल विक्रीका लागि राखेको र अव आइन्दा विक्री वितरण गरे कानुुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । ब्यवसाय पोखरा महानगरमा दर्ता नगरेको, डिजिटल तराजुु दर्ता र नविकरण नगरेको पाइएकाले वडा कार्यालयमा र जिल्ला प्रशासन कार्यालय कास्कीमा २१ गते आइतबार सम्पर्क राख्न लिखित पत्र दिइएको छ ।
पोखरा महानगपालिकाका कार्यबाहक प्रमुुख एवं अनुुगमन संयोजक मञ्जुुदेवी गुुरुङको भएको अनुुगमनमा गण्डकी प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशन, जिल्ल प्रशासन कार्यालय कास्कीका प्रतिनिधि, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि, पोखरा महानगर खाद्य निरिक्षक, महानगर सहकारी तथा उद्योग शाखाका प्रमुुख, वडा नम्वर २५ का प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि र पत्रकारहरुको सभागीता रहेको थियो ।