पोखराको लेखनाथस्थित बेगनासतालमा युवक मृत भेटिए

पोखराको लेखनाथस्थित बेगनासतालमा युवक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ असोज २०८०
  • 3.9K
    Shares

बेगनासताल, पोखरा

पोखरा महानगरपालिकाको लेखनाथस्थित बेगनासतालमा आज दिउसो एक युवा मृत भेटिएका छन्। प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका–४ खलंगाका २२ वर्षीय अनिश श्रेष्ठ बेगनास तालमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ अलैची कुना स्थित बेगनास तालमा तैरियको अवस्थामा श्रेष्ठको शव फेला परेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घटनास्थलको अनुसन्धान अगाडी बढाएको र शवको पोष्टमार्टका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार