पर्यटकीय नगरी पोखराबाट बेला-बेलामा मोटरसाइकल चोरी भएका समाचारहरु सार्वजनिक भैरहेका छन्। तर ती मोटरसाइकल भेटिए कि भेटिएनन् भन्ने बारेमा कुनै जानकारी सार्वजनिक हुँदैन। पोखरा १७ हिमाली टोल स्थित अनुराधा बरालको घर अगाडि पार्किङ्ग गरि राखेको मोटरसाइकल चोरी गरेको आरोपमा भने पोखराबाट दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
गएको असोज ७ गते अनुराधा बरालको पोखरा १७ स्थित घर कम्पाउण्ड अगाडी पार्किङ गरी राखेको ग ११ प २०४२ नं. को पल्सर मोटरसाइकल चोरी गरेको आरोपमा सोही स्थान बस्ने वर्ष २१ को कृष्ण सुनार र वर्ष १९ को सुजल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुविरुद्ध प्रहरीले चोरी तथा डाँका मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।