१८ महिना अघि हराएका ७० वर्षीय वृद्धको शब कास्कीको माछापुछ्रे गाउँपालिकाको कमेरेपानी जङ्गलमा भेटियो

१८ महिना अघि हराएका ७० वर्षीय वृद्धको शब कास्कीको माछापुछ्रे गाउँपालिकाको कमेरेपानी जङ्गलमा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ असोज २०८०
  • 4.5K
    Shares

जंगलम मानव कंकाल (साँकेतिक फोटो)

कास्की जिल्लाको माछापूच्छ्रे गा.पा. वडा नं.७ कमेरेपानी स्थित जङ्गलमा आइतबार दिउँसो सडेगलेको अवस्थामा एउटा शब भेटिएको छ। हाल सोही गाउँपालिकाको वडा नम्बर ८ खोराको मुखा बस्दैआ आएका स्थानीय वर्ष ७० को बुद्धि बहादुर बि.कको शब कमेरेपानी स्थित जङ्गलमा भेटिएको हो।

बिगत १८ महिनादेखि हराएका बृद्ध बुद्धि बहादुर बि.क.को शब कमेरेपानी स्थित जङ्गलको रुखमा झुण्डिएको अवस्थामा भेटिएको.जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

कमेरेपानी जङ्गलमा सडेगलेको शब रहेको खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी चौकी धम्पुस र वडा प्रहरी कार्यालय बगरको अनुसन्धान टोलीसमक्ष हिटमान बि.क. ले उक्त शब आफ्नो ७० वर्षीय बाबु बुद्धि बहादुर बि.क.को भएको भनेर सनाखत गरिदिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार