पोखराको फुस्रेखोलामा १४ वर्षीय बालक मृत भेटिए

पोखराको फुस्रेखोलामा १४ वर्षीय बालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ असोज २०८०
  • 3.3K
    Shares

पोखराको फुस्रेखोला (फाइल फोटो)

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा १४ वर्षीय बालक मृत भेटिएका छन्। पोखरा १७ बिरौटास्थित हनुमानटोल बस्ने बर्ष १४ को क्षितिज बश्याल शनिबार दिउँसो करीब साढे एक बजेको समयमा मृत भेटिएका हुन्।

उनी दिउँसो फुस्रेखोलामा मृत भेटिएको भए पनि साँझ करीब ८ बजेको समयमा उनकी ठुली आमा मिना बश्यालले शबको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

आमा बुवा बिदेशमा रहेका र हाल ठुलीआमासँग बस्दै आएका बालक क्षितिजको मृत्यु सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार