बझाङमा ६० वर्षीय वृद्धको हत्या गरेर बिजुली बेपत्ता

बझाङमा ६० वर्षीय वृद्धको हत्या गरेर बिजुली बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असोज २०८०
  • 5.4K
    Shares

kukuri, knife , खुकुरी

बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या भएको हो। मन्डेललाई उनकै गाउँका ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी हानेर हत्या गरेका हुन्।

जैलु मण्डेलको शुक्रबार साँझ साढे ७ बजे हत्या गरेर बिजुली मन्डेल बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले जानकारी दिए।

सामान्य बिबादका क्रममा बिजुलीले जैलु मण्डेललाई जैलुको घर आँगनमै गैर खुखुरी हानी भागेको प्रहरीले जानकारी दिएको छ। आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार