पर्वतमा जिप दुर्घटना : पांच जना घाइते, एक जनाको अवस्था गम्भीर

पर्वतमा जिप दुर्घटना : पांच जना घाइते, एक जनाको अवस्था गम्भीर


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ असोज २०८०
  • 2.1K
    Shares

पर्वतको मोदी २ कुरुङ्गामा दुर्घटनाग्रस्त जिप

पर्वत जिल्लाको ग्रामिण क्षेत्रमा आज भएको जिप दुर्घटनामा परेर पांच जना घाइते भएका छन्। जिल्लाको देउराली लाङदि जाँदै गरेको ग१ज ६०४५ नम्बरको जिप मोदी गाउपालिका वडा नम्बर २ देउपुरस्थित कोरूङ्गा पहिरोमा दुर्घटनाग्रस्त हुँदा पांच जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर सामान्य घाइते भएका चार जना उपचार पछि घर फर्किसकेका छन् भने मोदी ३ देउराली निवासी ६४ वर्षीय गौतम गुरुङको पर्वत सदरमुकाम स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरिक्षक केशब केसीले जानकारी दिए। उनको दाहिने करङमा चोट रहेको बताइएको छ।

कच्ची उकालो बाटोमा गाडी ब्याक हुँदा चिप्लिएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार