गर्भवती श्रीमतीलाई वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना युवा पक्राउ परेका छन्। पालुङटारको माझगाउँ निवासी ३० वर्षीय युवालाई प्रहरीले गर्भवती श्रीमतीलाई वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
आफूलाई गर्भावस्थामा इच्छाविपरीत श्रीमानले धम्क्याएर जबर्जस्ती करणी गरेको भन्दै पिडित गर्भवती महिलाले आफ्नै श्रीमान बिरुद्ध गएको भदौ २४ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले पिडित महिलाका श्रीमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
आरोपितलाई आइतबार वैवाहिक जबर्जस्ती करणी कसुरमा मुद्दा चलाउन जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद लिइ घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बताए ।