नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकैघरका दाजुभाइको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकैघरका दाजुभाइको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ असोज २०८०
  • 2.6K
    Shares

नारायणी नदीको पुल

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार एकैघरका दुवै दाजुभाइ नारायणी नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो ३ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दुवै दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार