चितवनमा दुई हजार किलो माछा खाल्डो खनेर गाडियो

चितवनमा दुई हजार किलो माछा खाल्डो खनेर गाडियो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ असोज २०८०
  • 1.5K
    Shares

माछा , fish

चितवनमा दुई हजार किलो माछा खाल्डो खनेर गाडिएको छ। आइतवार सुरक्षाकर्मीको सहयोगमा रामनगरबाट समातिएको अबैध भारतीय माछा सामुदायिक वनमा खाल्डो खनेर नष्ट गरिएको हो।

मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेका अनुसार, काठमाडौँतर्फ जाँदै गरेको माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो जिप नारायणगढमा रोक्न खोज्दा भागेपछि सुरक्षाकर्मीको सहयोगमा रामनगरबाट नियन्त्रणमा लिइएको थियो । उक्त जिपमा भेटिएको माछा भेटेरिनरी प्रमाणपत्रमा उल्लेख गरिएभन्दा फरक जातिको पाइए पछि नियन्त्रणमा लिएर सामुदायिक वनमा खाल्डो खनेर नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले पनि भेटेरिनरी प्रमाणपत्रमा भन्दा फरक जातिको माछा भेटिएको बताए । वैकी र रौ जातिका माछा उल्लेख गरेर रुपचन्द्र र विगेट जातीका माछा ढुवानी गरेको पाइएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार