अबदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थायी बासिन्दाले नि:शुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। पोखरा १६ का स्थायी बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा दिने गरी महानगरका मेयर धनराज आचार्यको रोहबरमा मातृशिसु अस्पताल र नव अादर्ष सामुदायिक बिकास समिति बिच सहमति भएको वडा सदस्य मन्जु बस्यालले जानकारी दिएकी छिन।
वडा सदस्य बस्यालले सामाजिक संजाल फेसबुकमा पोखरा १६ का स्थायी बासिन्दालाई नि:शुल्क एम्बुलेन्स सेवा दिने गरी गरिएका सहमतिका फोटोहरु सार्वजनिक गरेकी छिन्। उनले आफ्नो फेसबुकमा लेखेकी छिन्,”पाेखरा महानगरपालिका वडा नं १६ का जनप्रतिनिधि अध्यक्ष Amrit Sharma Timilsina सदस्यहरु Raj Kumari Baniya ;Manju Basyal..Ramchandra Acharya..र Ram Kaji Gurung ज्युकाे टिम ले मातृशिसु अस्पताल र नव अादर्ष सामुदायिक बिकास समिति बिच पाेखरा १६ भित्र स्थाई ठेगाना भएका सबैखाले राेगका बिरामी हरुले पनि महानगरकाे जुनसुकै अस्पतालमा जानकाे लागि निशुल्क एम्बुलेन्स सेवा लिन सक्ने गरि पाेखरा महानगर पालिका का मेयर धनराज आचार्य ज्युकाे रहाेवरमा एक कार्यक्रम का बिच हस्ताक्षर गरि सम्झौता गरेकाे छ।”
यस अघि आफूहरुले पदस्थापन गर्दा मातृशिसु मितेरी अस्पतालमा सुत्केरी गराउने अामा र बच्चा काे लागि पाेषण भत्ता र नि:शुल्क एम्बुलेन्स सेवा व्यवस्था गरेकाे स्मरण गर्दै उनले अार्थिक बर्षदेखि सबै खाले बिरामिलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको उल्लेख गरेकी छिन । उनले याे सेवा हाम्रो कार्यकाल तथा अागामि दिनमा पनि निरन्तर रहने उनले प्रतिबद्धता जनाएकी छिन्।
