वौद्धिक अपांगता भएकी महिलामाथि स्याङ्जामा सामूहिक बलात्कार : दुई जना पक्राउ

वौद्धिक अपांगता भएकी महिलामाथि स्याङ्जामा सामूहिक बलात्कार : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ भाद्र २०८०
  • 2.8K
    Shares

बौद्धिक अपाङ्गता भएकी महिला वलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्त तलीबजार नगरपालिका-८ का सुवास गुरुङ र मदन गुरुङ

स्याङ्जामा वौद्धिक अपांग भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ। ३२ वर्षीया ती वौद्धिक अपांग भएकी महिलामाथि गएको भदौ २० गते सामूहिक बलात्कार भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा ती महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका-८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार