बुटवल जान्छु भनेर घरबाट हिडेकी महिला पोखरामा मृत भेटिइन्

बुटवल जान्छु भनेर घरबाट हिडेकी महिला पोखरामा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ भाद्र २०८०
  • 4.8K
    Shares

पोखरा १७ बिरौटास्थित फेवानाहर

बुटवल जान्छु भनेर घरबाट हिडेकी एक महिला पोखरामा मृत भेटिएकी छिन्। बुटवल जान भनेर हिडेकी पोखरा महानगरपालिका वडा नम्बर १७ निवासी ५८ वर्षीया पवित्रा बराल शनिबार दिउसो सोही वडाको बिरौटा स्थित फेवा पावरहाउसको नहरमा मृत भेटिएकी हुन्।

पछिल्लो समय अस्वस्थताका कारण आफ्नै सुरमा हिँड्ने गरेकी ती महिला शुक्रबार बुटवल जान्छु भनेर हिडेकी थिइन्। तर स्थानियले ड्यामसाइड नजिकै स्थानबाट शुक्रबार मान्छे खसेको जस्तो देखिएको सुचना दिए पछिप्रहरीले खोजी गरिएकमा बरालको शब भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

यसअघि पनि बराललाई नहरमा बग्दै गरेको अवस्थामा देखेपछि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। तस्वीरः 4K Nepal, मृतक तस्वीरः सञ्जय शर्मा मार्फत् (दारी ग्याङ)

प्रतिक्रिया
सम्बन्धित समाचार