गोहीको आक्रमणबाट चिवतनमा एक जनाको मृत्यु

गोहीको आक्रमणबाट चिवतनमा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ भाद्र २०८०
  • 2K
    Shares

गोहीको आक्रमणबाट मृत्यु

चिवतनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सिमाना क्षेत्रमा मगरटोलका ४५ बर्षिय फगुना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

महतो शनिवार साँझ सात बजे तिर डुंगाघाट क्षेत्रमा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनी माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार