शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ भाद्र २०८०
  • 2.9K
    Shares

गैंडाको आक्रमण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। च्याउ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। उनीसंगै च्याउ टिप्न निकुञ्ज पसेका अन्य दुई जना भागेर ज्यान जोगाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार