कास्कीको माछापुच्छ्रे गाउपालिकाका नेपाली क्यानडा पठाईदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पक्राउ

कास्कीको माछापुच्छ्रे गाउपालिकाका नेपाली क्यानडा पठाईदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ भाद्र २०८०
  • 6.6K
    Shares

क्यानाडा पठाउने प्रलोभन दिएर रकम ठगी गरेको आरोपमा पक्राउ परेका कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महाबिर प्रसाद शाह

क्यानडा पठाई दिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा कास्की जिल्लाको माछापुच्छ्रे गाउपलिका वडा नम्बर ६ का ३० वर्षीय लक्ष्मण नेपाली काठमाण्डौमा पक्राउ परेका छन्। उनी लगायत सप्तरीको राजविराज नगरपालिका, ४ घर भएका ३५ वर्षीय महावीर प्रसाद साहले सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोग प्रहरीले लगाएको छ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिने र मासिक पाचं लाख ४५ हजार रूपैयाँ तलव हुने भन्दै प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भनी विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक, पटक जम्मा गर्न लगाएको प्रहरीले बताएको छ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले हालसम्म ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार