मोटरसाइकल दुर्घटनामा पछाडि बस्ने महिलाको मृत्यु भएपछि तनहुँमा मोटरसाइकल चालक पक्राउ

मोटरसाइकल दुर्घटनामा पछाडि बस्ने महिलाको मृत्यु भएपछि तनहुँमा मोटरसाइकल चालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ भाद्र २०८०
  • 4.4K
    Shares

मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटनामा परेर पछाडी बस्ने महिलाको मृत्यु भए पछि तनहुँमा मोटरसाइकल चालक पक्राउ परेका छन्। तनहूँको म्याग्दे गाउँपालिका वडा नं. ५ थाङदीमा बिहिबार दिउसो करीब साढे तीन बजे भएको ग १६ प ५९६८ नं.को मोटरसाइकल दुर्घटनामा पछाडी बस्ने महिलाको मृत्यु भएपछी मोटरसाइकल चालक पक्राउ परेका हुन्।

माद नगरपालिका वडा नं.४ नरीकोट बस्ने २७ वर्षीय योगेश थापाले चलाएको उक्त मोटरसाइकल खैरेनीटार भिमाद सडक खण्डको थाङदीमा अनियन्त्रित भई दुर्घटना हुँदा भिमाद ४ नरीकोटकी ३३ बर्षिय कमला राना गम्भीर घाइते भएकोमा उपचारार्थ जि. पि. कोईराला श्वास प्रश्वाश केन्द्र बेलचौतारामा पुत्याइएकोमा सोही अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार