गायक प्रमोद खरेलले जिते प्रतिलिपि अधिकार सम्बन्धि मुद्दा, बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.का सञ्चालकद्वयलाई कम्तीमा तीन वर्ष जेल सजायं

गायक प्रमोद खरेलले जिते प्रतिलिपि अधिकार सम्बन्धि मुद्दा, बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.का सञ्चालकद्वयलाई कम्तीमा तीन वर्ष जेल सजायं


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ भाद्र २०८०
  • 2.2K
    Shares

गायक प्रमोद खरेल

जिल्ला अदालत काठमाडौंले प्रतिलिपि अधिकार उल्लंघनको विषयमा बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश उत्तम सिलुवालको इजलाशले उनीहरुलाई प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतले उनीहरुमाथि तीन वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।

गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपि अधिकारको विन्धवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए । त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।

गायक प्रमोद खरेलले वि.सं २०६७ सालमा सार्वजनिक गरेको आफ्नो तेश्रो गीत संग्रह ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्यूजिकलाई ५ बर्षका लागि अधिकार दिएको बताएका छन् । जसवापत, आफूले एक लाख १० हजार लिएको, भिडियो निर्माणमा कम्पनीले १ लाख दिने र २ लाख बराबरको प्रमोशन कम्पनीले गर्ने सहमति भएको प्रमोदले उल्लेख गरेका छन् । चार लाख १० हजार आफूले पाउने रोयल्टी र आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र आफू आम्दानीको हिस्सेदार बन्ने सहमति पनि प्रमोदले गरेका थिए ।

कम्पनीसँग गरेको पांच बर्षको संझौता सकिएपछि आफूले एल्बम फिर्ता मागेको तर कम्पनीका संचालक सुवास रेग्मीले एल्बम फिर्ता दिनुको साटो उल्टै आफूलाई सामाजिक संजालबाट बदनाम गराउन थालेको भन्दै प्रमोदले आरोप लगाएका थिए।

प्रतिक्रिया