म्याग्दी खोलामा बुधबार साँझ ट्र्याक्टर खस्दा चालकको मृत्यु भएको छ। म्याग्दीको बिमबाट दरवाङतर्फ जाँदै गरेको ग१त ७२०७ नम्बरको खाली ट्र्याक्टर मालिका गाउँपालिका-६ गोज्जास्थित म्याग्दी खोलामा खस्दा चालकको मृत्यु भएको हो।
उक्त ट्याक्टर दुर्घटनामा म्याग्दीको धवलागिरी गाउँपालिका-५ का अन्दाजी २५/२६ वर्षका सुसान विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहर्री कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ट्र्याक्टरसँगै म्याग्दी नदीमा खसेर डुबेका विश्वकर्माको शव सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्वर र नेपाल प्रहरीको टोलीले खोलाबाट निकालिएको डिएसपी कुँवरले बताए।
शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको र दुर्घटनाको अनुसन्धान जारी रहेको घटना स्थल पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले बताए।