लमजुङको मर्स्याङ्दी नदीमा एक जना बस चालक मृत भेटिएका छन्। आइतबार बिहान मर्स्याङ्दी गाउँपालिका –९ स्थित सिटिभिटि कार्यालय नजिक बालुवा पहिरोस्थित मर्स्याङ्दी नदीमा ग१ख ३७२ नम्बरको बस पल्टिएको अवस्थामा फेला परेको थियो। तर चालक भेटिएका थिएनन्।
तर आइतबार दिउसो उनको शब मर्स्याङ्दी गाउँपालिका –९ स्थित सिटिभिटि कार्यालय नजिक मर्स्याङ्दी नदीमा देखिएको थियो। नदीको भंगालोको बिचमा रहेको शव निकाल्न असम्भव भए पछि सशस्त्र प्रहरी वलको चितवन कुरिनटारबाट आएको गोताखोर टोलीले सोमबार बिहान ११ बजे मात्र र्याफटिङ बोट मार्फत झिकेको थियो। सो टोलीले करिब २ घण्टा लगाएर नदिबाट शव निकाल्न सफल भएको थियो ।
शब झिके पछि उक्त शब सोही बसका चालक रतपुर मानपा– १३ घर भइ सोहि वडाको ङादीमा बस्दै आएका भुलेजको भएको खुलेको थियो।
शनिबार राती करिब १२ः३० बजे सोहि पालिकाको वडा नं. ७ मा पर्ने बालुवा पहिरो नजिक ग१ख ३७२ नम्बरको बस नदीमा खस्दा चालक भुजेल बेपत्ता थिए ।आइतबार दिउँसो नदीको बिचमा ढुङ्गामा अड्किरहेको अवस्थामा शव देखा परेको थियो । नदीको वहाव ठूलो रहेको र जिल्लामा आपतकालिन रेस्क्यु टोली नहुँदा शव निकाल्न समस्या भएपछि सोमबार मात्र सो टोलीले नदिबाट शव निकाल्न सफल भएको हो ।
चालकको शवलाई आवश्यक पोस्टमार्टमको लागी लमजुङ अस्पताल बेसीशहरमा राखिएको छ ।