पोखराको जुवाखालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचनसहित सात जना धरौटीमा छुटे

पोखराको जुवाखालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष लालचनसहित सात जना धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.6K
    Shares

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन

पोखराको जुवाखालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरुलाई आज जनही २५ हजार धरौटी माग गरेको थियो । सोही धरौटी बुझाएर रिहा भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आदेश दिएका थिए ।

जुवाखालबाट अध्यक्ष लालचनसहित घरपझोङका इन्द्रबहादुर कार्की, नवीनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए । उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार