१२ वर्षीया बालिका वलात्कारको आरोपमा तनहुँबाट एक प्रधानाध्यापक पक्राउ

१२ वर्षीया बालिका वलात्कारको आरोपमा तनहुँबाट एक प्रधानाध्यापक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ भाद्र २०८०
  • 2.3K
    Shares

शिक्षक पक्राउ , teacher arrested

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँबाट एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। ऋषिङ गाउँपालिका–७ स्थित ज्यामिरेमाई प्राविका प्रधानाध्यापक झुलबहादुर थापालाई प्रहरीले बालिका वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमाउजुरी दिएपछि प्रधानाध्यापक थापालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार