पाल्पामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल आइतबार राति साढे १ बजे भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो। दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका नवलपरासी श्रवल गाउँपालिका-१ का २८ वर्षीय प्रकाश थारू घाइते भएको प्रहरीले जनाएको छ। घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल आइतबार राति साढे १ बजे दुर्घटना भएको थियो ।