गाई काटेको आरोपमा तनहुँबाट तीन जना पक्राउ

गाई काटेको आरोपमा तनहुँबाट तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० भाद्र २०८०
  • 2.6K
    Shares

तीन जना पक्राउ

सुनसरीको धरानमा गाई काटेकोबिरुद्ध बृहत प्रदर्शन भैरहदा तनहुँबाट गाइ काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कमलबोटमा गाई काटेको अभियोगमा आज तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँका श्रीमन् नेपाली, रमेश नेपाली र दीपक नेपाली रहेको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । मादक पदार्थ सेवन गरी गाई काटेर भागबण्डा गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई प्रहरी, जनप्रतिनिधि, पशु कार्यालय लगायतको रोहबरमा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलचौतारा ल्याउँदै गरेको थापाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार