विराटनगर शहीद मैदानमा रहेको विश्व चर्चित फुटबलर पेलेको अर्धकदको शालिक भत्काइएको छ । खेल मैदानको उत्तरतर्फको केन्द्र भाग र जिल्ला प्रशासन कार्यालय नजिकै दक्षिणमा रहेको बिश्वबिख्यात फुटबलर पेलेको अर्धकदको शालिक भत्काइएको हो ।
गत चैत ९ गते अनावरण गरिएको उक्त शालिक फुटबल थियो । तर, एउटा हात भाँचिएको छ र अर्को हातको औंला पनि भाँचिएपछि हातमा बोकेको फुटबल छैन । उक्त अर्धकदको शालिक कसले तोडफोड गरेको हो ? खुलेको छैन।
भद्रकाली कला कुञ्ज इटहरीका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक विराटनगर महानगरपालिकालाई नि:शूल्क उपलब्ध गराएपछि गोल्डकप आयोजक समितिले उक्त सालिक शहिद मैदानमा राखेको थियो ।
