बसको ठक्करबाट घाइते पैदल यात्रीको पहिचान खुलेन : पर्वत प्रहरीद्वारा परिवारलाई सम्पर्कमा आउन आग्रह

बसको ठक्करबाट घाइते पैदल यात्रीको पहिचान खुलेन : पर्वत प्रहरीद्वारा परिवारलाई सम्पर्कमा आउन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ भाद्र २०८०
  • 3.3K
    Shares

बसको ठक्करबाट घाइते पहिचान हुन नसकेका पैदल यात्रु

पर्वत जिल्ला सदरमुकाम कुश्मामा सडक दुर्घटनामा परेर घाइते भएका व्यक्तिको पहिचान नखुले पछि प्रहरीले फोटो सार्वजनिक गरेको छ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ६ साझा चोक नजिक यात्रुबहाक बसले बुधवार साँझ ठक्कर दिएर घाइते भएका पैदल यात्रुको पहिचान नखुले पछि प्रहरीले फोटो सार्वजनिक गरेको हो।

बागलुङको गल्कोटबाट काठमाण्डौ हिडेको लु २ ख २८५२ नम्बरको बसले ठक्कर दिएर घाइते भएका ती पैदल यात्रुको हाल पोखरामा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

अन्दाजी ४५ बर्षिया पुरुष बसको ठक्करले घाईते भएका छन् । बसले ठक्कर दिएका यात्रुको विवरण अहिलेसम्म पनिे खुलेको छैन । गम्भिर चोट लागेका अपरिचित यात्रुलाइ उपचारका लागि पर्वत अस्पतालमा उपचार पछि पोखरा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले घाइतेलाई चिनेको कोहि भए सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार