गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलिया प्रबेशमा रोक !

गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलिया प्रबेशमा रोक !


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ भाद्र २०८०
  • 3.4K
    Shares

गायिका समिक्षा अधिकारी

गायिका समिक्षा अधिकारीलाई अश्त्र्लियाले आफ्नो देश प्रबेशमा रोक लगाएको छ। तीजको अवसरमा अष्ट्रेलियामा आयोजना लागेको कार्यक्रमका सहभागी हुन अस्ट्रेलिया जान लागेकी गायिका अधिकारीलाई अष्ट्रेलियन राजदुताबासले भिसा नदिए पछि उनलाई अष्ट्रेलिया प्रबेशमा रोक लागेको तथ्य बाहिर आएको हो।

दुताबासले गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द गरिदिएको छ । उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो ।

आखिर उनको भिसा रद्द किन भयो त ? यसको उनकी दिदी भएको बताइएको छ । फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

उनी अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् । उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने त थिएन । तर फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् ।

जसअनुसार केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन दिइएको थियो । पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ ।

समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षाले पनि मौन छिन् ।

प्रतिक्रिया