‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ” भन्दै गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्षले आत्महत्या गरे

‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ” भन्दै गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्षले आत्महत्या गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ भाद्र २०८०
  • 1.7K
    Shares

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे

गुल्मीमा एक वडाध्यक्षले फेसबुकमा एक स्टाटस लेखेर आत्महत्या गरेका छन्। गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराईका वडाध्यक्ष मोहन घिमिरेले फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरेका छन्।

आज बिहान करिब ५ बजे फेसबुकमा ‘अलबिदा लेखेका वडाध्यक्ष घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ। उन्र= बताएको हो।

उनी घरबाट करिब डेढ घन्टाको दूरीमा रहेको घन्टुङ जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले पुष्टि गरे।

‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकिनँ। मलाई माफ गरे। घरपरिवार, साथीभाइ, शुभचिन्तक सबैसँग माफी चाहन्छु। अल बिदा,’ वडाध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्।

घिमिरे कांग्रेस मुसिकोट नगरपालिका नगर समिति अध्यक्षसमेत हुन्। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ।

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार