केटीले बिबाह गर्न अस्वीकार गरेपछि जन्तिमाथि गोरखामा मध्यराती खुकुरी प्रहार : एक जना पक्राउ

केटीले बिबाह गर्न अस्वीकार गरेपछि जन्तिमाथि गोरखामा मध्यराती खुकुरी प्रहार : एक जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३२ साउन २०८०
  • 3.3K
    Shares

खुकुरी हानेको आरोप लागेका गोर्खाका रामबहादुर गुरुङ

दुलही लिन मध्यराती गोर्खाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँ पुगेका जन्तीमाथि खुकुरी प्रहार भएको छ। केही दिनअघि भएको सहमति बमोजिम स्थानीय सिम्भु निवासी ३१ बर्षीय केटापक्ष दुलही लिन सोमबार साँझ भण्डारी गाउँ पुगेकोमा मध्यरातमा दुलहीले बिबाह गर्न अस्वीकार गरे पछि दुवै पक्ष बीच झडप भएको थियो।

सोही झडपका क्रममा केटी पक्षका बारपाक सुलिकोट–४ झाँक्री गाउँका ३५ वर्षीय रामबहादुर गुरुङले खुकुरीले हान्न खोजेपछि रोक्ने क्रममा खुकुरी लागेर भण्डारीगाउँका ५५ वर्षीय बुद्धबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डिएसपी रमेशकुमार श्रेष्ठले बताए। खुकुरीले लागेर उनको बाँया कानभन्दा तलको भागमा चोट लागेको र हाल काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । उनको मंगलबार बेलुकी अबेरसम्म होश नखुलेको बताइएको छ ।

खुकुरी प्रहार गर्ने रामबहादुर गुरुङलाई पक्राउ गरी बुधबार ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठबताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार