पोखरामा पौडी खेल्ने क्रममा नहरमा डुबेर बालकको मृत्यु

पोखरामा पौडी खेल्ने क्रममा नहरमा डुबेर बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ साउन २०८०
  • 2K
    Shares

डुबेर मृत्यु भएका बालकको शब अस्पताल ल्याउदै प्रहरी फोटो सरोज अधिकारी

पोखरामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय सम्बोधन अधिकारीको मृत्यु भएको हो।

बिहीबार मध्यान्ह करिब १२:०० बजेको समयमा डुबेर बेपत्ता भएका उनको झन्डै एक घण्टापछि शव भेटिएको हो ।

बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले नजिकैको रहमा बालकको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार