पोखरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १८, सराङकोटस्थित गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापाको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन् । थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उनका श्रीमान् तथा नाबालक १ छोरा (११ वर्षे) र १ छोरी (७ वर्षे) रहेका छन् ।