पहिरोबाट खसेको ढुङ्गाले लागेर म्याग्दीमा बोलेरो जिप चालक घाईते, पोखरामा उपचार हुँदै

पहिरोबाट खसेको ढुङ्गाले लागेर म्याग्दीमा बोलेरो जिप चालक घाईते, पोखरामा उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ साउन २०८०
  • 1.7K
    Shares

बेनी–जोमसोम सडकखण्ड

बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागेर एक जना सवारी चालक घाईते भएका छन् । म्याग्दीको बेनीबाट अन्नपूर्ण गाउँपालिका– ७ तिप्ल्याङ जादै गरेको ग १ ज ६८२० नम्वर बोलेरो जीपमा पहिरोबाट खसेको ढुङ्गाले लाग्दा बोलेरो जीप चालक ४० बर्षिय लुक्चन गर्वुजा घाईते भएका हुन् । ।

रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको उक्त बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा घाइते भएका जीप चालक गर्वुजालाइ थप उपचारका लागि पोखरा ल्याइएको प्राप्त समाचारमा जनाइएको छ। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बर्षातपछि निरन्तर खसेको पहिरोले चारदिनदेखि बन्द भएको यो सडक बुधबार आंशिक रुपमा खुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार