कसैले ऋण तथा उधारो नपत्याए पछि जुम्लामा शृंखलाबद्ध आगजनी गर्ने भूपू सैनिक पक्राउ

कसैले ऋण तथा उधारो नपत्याए पछि जुम्लामा शृंखलाबद्ध आगजनी गर्ने भूपू सैनिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ साउन २०८०
  • 1.7K
    Shares

जुम्लामा शृंखलाबद्ध आगजनी गरेको आरोपमा पक्राउ परेका रत्न अधिकारी

केही दिन यता जुम्लामा शृंखलाबद्ध रुपमा आगजनी गर्दै हिडेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ। जुम्लाको गुठीचौर गाउँपालिका ४ स्थायी घर भै हाल चन्दननाथ नगरपालिका १ भण्डारी वाडास्थित ससुरालीमा बस्दै आएका अन्दाजी ३० वर्षका रत्न प्रसाद अधिकारीलाई प्रहरीले जुम्लामा शृंखलाबद्ध रुपमा आगजनी गरेको आरोपमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, अभियुक्त अधिकारीले रिसइबी साँध्न गएको असार २६ गते गुठिचौर गा.पा.–४ बालु स्थित कृष्ण बहादुर अधिकारीको घर अगाडि पार्किङ गरि राखेको अटोमा आगो लगाएका थिए । कृष्ण बहादुर अधिकारीसंग पहिले चामलको विषयलाई लिएर विवाद भएकोमा त्यही रिसइबी साँध्न उनको अटोमा आगजनी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले बताए

प्रहरीका अनुसार, प्रहरी हिरासत्तमा रहेका अधिकारीले सबैभन्दा धेरै घटना २०८० साउन ०५ गते साँझबाट घटाउन शुरु गरेको देखिन्छ । अभियुक्त रत्न अधिकारीले त्यो दिन शुरुमा चन्दननाथ –१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोश्रो तलाको बार्दलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए। सोही दिन अभियुक्त अधिकारीले गुठीचौर –४ बिगारे बस्ने वर्ष ५६ को भिम प्रसाद घरको भुई तलामा राखेको गहुँको भुसमा राती ११ः५५ बजे आगो लगाएको स्वीकारेको प्रहरीले दाबी गरेको छ। त्यस पछि राती ०१ः०० बजे गुठीचौर –४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले बनेको घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाएका थिए ।

सोही राति ०१ः०० बजे गुठीचौर –४ डाँडावाडा (क) का कविदत्त न्यौपानेको घरको भुई तलाको आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बार्दलीमा क्षति गरे पछि ।राति ०१ः३० बजे गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भर्याङ्गमा आगो लगाएका बताइएको छ । राती ०१ः४५ बजे गुठीचौर –४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए भने ०१ः४५ बजे गुठीचौर–४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगो लगाए।

रातभरी आगो लगाउँदै हिडेका उनले ०३ः१५ बजे गुठीचौर –५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरि राखेको रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेको प्रहरीले बताएको छ। प्रहरी नायब उपरिक्षक कार्कीका अनुसार उनले श्रृंखलावद आगजनी गर्नुको कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो लगायत कार्य गर्न नपत्याउने भए पछि निराश भई यस्तो कार्य गरेको बताएका छन ।

त्यस्तै जुम्ला प्रहरीका अनुुसार जुम्लामा मिति २०८०।०४।०६ गते राती २२ः५५ बजेको समयमा जुम्ला चन्दननाथ न.पा.–१ राना मा मुखमा कालो माक्स लगाएर साथमा अं.४ फिट लामो र मोटो लाठ्ठी बोकेको व्यक्तिले स्थानीय सर्वसाधारणको घर घरमा गई ढोका ढकढकाई “को छ घरमा ? यहाँ बास पाईन्छ कि ?” भनि सोध्ने गरेको समेत खुलेको छ । उनलाई स्थानीयले घर कहाँ भनि सोधनि गर्दा मेरो घर आचार्यवाडा हो भने पछि स्थानीयले प्रहरी कन्ट्रोल १०० मा टेलिफोन गरी एक जना व्यक्ति मादक पदार्थ सेवन गरि हो–हल्ला गर्दै घर घरमा ढोका ढकढकाउने कार्य गरेको छ भनि जानकारी दिएका समेत दिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

यस पछि प्रहरी टोली खटिई गई अधिकारीलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी माथी समेत अपशब्द बोली साथमा भएको लाठ्ठीले प्रहार गर्न खोजी खोजेका थिए ।प्रहरीले उनलाई नियन्त्रणमा लिइ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत सार्वजनिक स्थानमा अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ । हिरासत्तमा रहेका अधिकारी आर्मीका जागिरे भएको र स्वास्थ्यका कारण उपादानमा छोडेको समेत पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार