सल्यानमा एकाबिहानै आफ्नै आमाको हत्या

सल्यानमा एकाबिहानै आफ्नै आमाको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ साउन २०८०
  • 1.8K
    Shares

 

सल्यानमा मंगलबार बिहानै आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा  शारदा नगरपालिका-१३ माथिल्नो सल्यानचौर निवासी २३ वर्षीय नवीन भण्डारी रहेका छन् ।

उनले आज बिहान ४ बजेतिर ४८ वर्षीया आमा शारदा भण्डारीलाई पैंयाको लट्ठी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नवीनले बिहान ४ बजेतिर आमाबुबा सुतिरहेको कोठामा गइ पैंयाको लट्ठी प्रहार गरी आमाको हत्या गरेका हुन् । पैंयाको लट्ठी प्रहार गर्दा भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ओपेन्द्र भण्डारीले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी हबल्दार कुलराज चौधरीको कमाण्डमा खटिएको तीन जनाको टोली घटनास्थलमा खटिइ नवीनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याएको छ । हत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार