आफ्नै दुई महिनाको छोराको हत्या गरेको आरोपमा बागलुङबाट एक दम्पत्ति पक्राउ परेका छन्। बागलुङ जिल्लाको निसिखोला गाउपालिका वडा नम्बर ४ बडाचौर बस्ने वर्ष २४ को बिरु बिक र निजको ३० वर्षीया श्रीमती सबिना बिकलाई आफ्नै दुई महिनाको छोराको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबीच गएको शुक्रबार आपसमा झगडा भएको र सोही बिचमा आफ्नो दुई महिनाको छोरा खोसाखोस गर्दा हातबाट फ़ुत्किएर भुइंमा बज्रिन गइ घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जना दम्पत्तिलाई प्रहरीले ज्यान सम्बन्धि कसुरमा जिल्ला अदालत बागलुङबाट पांच दिनको म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।