बेश्यावृत्ति गर्न बाध्य बनाएको आरोपमा पोखराबाट एकजना खाजाघर संचालिका पक्राउ

बेश्यावृत्ति गर्न बाध्य बनाएको आरोपमा पोखराबाट एकजना खाजाघर संचालिका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० साउन २०८०
  • 2.4K
    Shares

वडा प्रहरी कार्यालय बैदाम, पोखरा

कास्की प्रहरीले पोखराबाट एक जना खाजा घर संचालकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ८ सृजनाचोकस्थित रोशन खाना घरकी संचालिका ३७ वर्षीया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त काराखेतीबिरुद्ध प्रहरीले आफ्नो खाजा घरमा तीन जना नाबालिका र एक जना महिलालाई कामदारको रुपमा राखेर यौन कार्यमा लगाएको आरोप लगाएको छ।

शुभ अवसर ग्राम नामक संस्थाको समेत सहयोगमा वडा प्रहरी कार्यालय बैदामको टोलीले २ नाबालिका र १ महिललाई उद्धार गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद प्रसाद जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा नाबालिका तथा किशोरीहरुलाई कामदारको रुपमा राखी इच्छाबिपरीत यौन कार्यमा लगाएको पाइएको जोशीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार