लामो समय पोखरामा पत्रकारिता गरेका पत्रकार कृष्ण अन्जानको निधन

लामो समय पोखरामा पत्रकारिता गरेका पत्रकार कृष्ण अन्जानको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० साउन २०८०
  • 2.3K
    Shares

स्वर्गीय पत्रकार कृष्ण अन्जान

लामो समय पोखरामा पत्रकारिता गरेका पत्रकार कृष्ण अन्जानको शुक्रबार निधन भएको छ । हृदयघातका कारण शुक्रबार उनको बुटवलमा निधन भएको हो ।

प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य रहेका उनी दुई दिनअघि उपचारार्थ गुल्मीदेखि बुटवल झरेका थिए। तर उनलाई शुक्रबार अस्पताल नपुग्दै हृदयघात भएको थियो । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

बुटवल तथा पोखरामा रहेर पत्रकारिता गर्दै आएका उनी आमा यमकलाको २०७८ सालमा निधनपछि आफ्नै घर गुल्मीको थोर्गामा रहेर पत्रकारितामा गर्दै आएका थिए ।

उनका बाबु भोजराज ज्ञवालीलाई तात्कालिन बिद्रोही नेकपा (माओवादी)का कार्यकर्ताले गोली हानि हत्या गरेका थिए। रुरु क्षेत्र गाउँपालिका–१ का अञ्जानलाई यसअघि सहिद परिवाररुपमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका थिए ।

विभिन्न संघसंस्थामा आबद्ध रहेका उनी प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार