गएराती स्याङ्जामा कार सडकबाट तल खस्दा तीन जना घाइते भएका छन्। स्याङ्जा गल्याङ नगरपालिका स्थित वडा नम्बर १ मा गएराती साढे नौ बजे ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा तीन जना घाइते भएका हुन्।
बुटवलबाट पोखरा आउदै गरेको उक्त कार दुर्घटनाग्रस्त हुँदा कारमा सवार ४३ वर्षका सुमन गुरुङ, २८ वर्षीय उत्तम भण्डारी र ३५ वर्षका सन्दीप थकाली घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई शुरुमा गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको बताइएको छ। प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।