पोखराको लेकसाइडस्थित जरेवर नजिकको गुफाडाँडा जंगलमा महिलालाई मरणासन्न हुने गरी कुटेर भागेका युवा करीब दुई महिना पछि धादिङबाट पक्राउ

पोखराको लेकसाइडस्थित जरेवर नजिकको गुफाडाँडा जंगलमा महिलालाई मरणासन्न हुने गरी कुटेर भागेका युवा करीब दुई महिना पछि धादिङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ साउन २०८०
  • 1.9K
    Shares

पोखराको लेकसाइड जरेवरस्थित गुफाडांडा जंगलमा महिलालाई मरणासन्न हुने गरी कुटेर भागेका सन्तबहादुर मगर

पोखराको लेकसाइडस्थित जरेवर नजिकको गुफाडाँडा जंगलमा एक महिलालाई मरणासन्न हुने गरी कुटेर भागेका एक युवा करीब दुई महिना पछि धादिङबाट पक्राउ परेका छन्। धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे निवासी २५ वर्षीय दिपेन गुरुङ भनेर चिनिने सन्तबहादुर मगरलाई ती महिलालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको आरोपमा धादिङस्थित उनकै घरबाट पक्राउ गरेको हो।

अभियुक्त मगरले गत जेठ ५ गते राती १० बजेको समयमा पोखरा वडा नं. १८ गुफाडाँडामा एकजना महिलालाई कुटपिट गरेर गम्भिर घाईते बनाएर झाडीमा फाली भागेको प्रहरीले दाबी गरेको छ। अभियुक्त मगरले अंगभंग हुने गरी कुटपिट गरेकी ती महिलाको साथमा रहेको चार हजार रुपियाँ र एक थान मोबाइल लिएर भागेको पनि प्रहरीले जानकारी दिएको छ।

ती महिलालाई स्थानीय बासिन्दाले मर्निङ्ग वाक जाने क्रममा बिहान पख घाइते अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए। त्यति बेला अर्धचेत अवस्थामा रहेकी ती घाइते महिलालाई उद्धार गरी उपचारका लागि साबिक पस्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो भने महिलामाथि आक्रमण गर्ने प्रयोग गरेको ठानिएको फलामको हथौंडा तथा धारिलो हतियार चक्कु समेत बरामद गरेको थियो।

धादिङ बेनीघाट घर भएका दिपेनले फलामको हथौंडा तथा धारिलो हतियार चक्कु समेत प्रयोग गरी टाउकोको विभिन्न भाड, दायाँ आँखामा समेत प्रहार गरी मरणासन्न अवस्थामा पु¥याई झाँडीमा फाली नगद ४ हजार रुपैयाँ र मोवाइल फोन १ थान लुटी फरार भएका थिए । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली दिपेनलाई धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे स्थित घरबाट नै पक्राउ गरेको थियो ।

अभियुक्त मगरबिरुद्ध कास्की जिल्ला अदालतबाट कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार