पोखरा महानगरपालिका वडा नं. १७ पावरहाउस नजिक फुस्रेखोलामा शनिबार साँझ मृत भेटिएका युवाको पहिछां खुलेको छ। शनिबार साँझ करीब पौने आठ बजेको समयमा फुर्सेखोलामा मृत भेटिएका युवा पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर भएको जिलला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्राप्त जानकारी अनुसार, कुँवर अन्य तीन जना साथीहरु संगै शनिबार दिउसो फुर्सेखोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनी बेपत्ता भए पछि उनका साथीहरु भागेका बताइएको छ। एक जना व्यक्ति फुर्सेखोला पौडी खेल्ने क्रममा बेपत्ता भएको सुचना पाउना साथ उनलाई वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल २४ नं. गणबाट गोताखोरको टोलीसमेतले खोजी गर्दा राती ७ः५० बजे नजिकै खोँचमा फेला परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शब पोस्टमार्टमका लागि साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको प्राप्त जानकारीमा उल्लेख छ।
फुर्सेखोलामा पौडी खेल्न गएका चार जनामध्ये कुँवर फुर्सेखोलामा बेपत्ता भए पछि घटनास्थलमा पुगेको प्रहरीले उनका अन्य साथीहरुलाई नदेखे पनि घटनास्थलमा स्कुटरको हेलमेट र चापि फेला पारेको थियो । घटनास्थल भन्दा केहि माथी सडकमा रहेको स्कुटरमा चापीले खोल्ने प्रयास गर्दा चापी मिलेको थियो । त्यसपछि प्रहरीको टोलीले स्कुटर वडा प्रहरी कार्यालय बैदाम लगेर फुर्सेखोलामा बेपत्ता युवाको बारे सोधीखोजी गरेको बताइएको छ। सोही क्रमामा फुर्सेखोलामा बेपत्ता युवा पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर भएको खुलेको प्रहरीले जनाएको छ।