अब केही दिन लगातार र ठूलो पानी नपर्ने : आज एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

अब केही दिन लगातार र ठूलो पानी नपर्ने : आज एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ साउन २०८०
  • 1.7K
    Shares

हावाहुरी वर्षा चट्यांग साथै हिमपात

अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले ‘मनसुन ब्रेक’ भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । ‘मनसुन ब्रेक’ हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्छ । अब एक/दुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान छ ।

अहिले बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभाग एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार